एकनारायण भण्डारीको लय तथा शब्द र बिमल राज छेत्रीको आवाज रहेको गीत ‘ऐना हेरी हेरी’ सार्वजनिक (भिडियोसहित)

 

काठमाडौं, माघ १ । पछिल्लो समय लोगति बजारमा एकपछि अर्को हुँदै आइरहेका छन् । विभन्न गीतले चर्चा पनि त्यतिकै बटुलीरहेका छन । यसै क्रममा लोकप्रिय सर्जक तथा नेपाली लोक दोहोरी क्षेत्रका बहुचर्चित  एकनारायण भण्डारीको लय तथा शब्द सृजना तथा गायक बिमल राज छेत्रीको लोकदोहोरी गीत ‘ऐना हेरी हेरी’ को भिडियो सार्वजनिक भएको छ ।

गीत एकनारायण भण्डारीकै अफिसियल युटुब च्यानल मार्फत बजार आएको हो । गीतमा स्वरकी धनी गायिका बिष्णु माझी र बिमल राज क्षेत्रीको आवाज रहेको छ।

गीत सार्वजनिक भएसँगै राम्रै प्रतिक्रिया आएको छ । यस अघि पनि भण्डारी र क्षेत्रीका थुर्पे गीतले बजार तताइसकेो छ ।

गीतमा अभिनय भने चर्चित मोडल कबिता नेपाली र बिजु पार्कीको रहेको छ भने गीतमा निर्देशन चर्चित निदेशक सान थापाले गरेका हुन्। गीतमा छायंकन भने अर्जुन तिवारीको टिमले गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्