रेखा थापाले ल्याउँदै नयाँ फिल्म , फिल्ममा दयाहाङ र सौगात

काठमाडौं, माघ १ । नायिका रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा आफै  समेत शीर्ष भूमिकामा रहने यो फिल्ममा दयाहाङ राई र सौगात मल्लको पनि अभिनय रहनेछ ।

हालै रेखाले दयाहाङ र सौगातसँग कागजी सम्झौता पनि गरेकी छिन् । फिल्मको नाम अझै जुराइएको छैन । यद्यपि फिल्ममा निर्देशन सविर श्रेष्ठको रहनेछ । फिल्ममा जगदिश्वर थापाको कथा रहनेछ ।

साथै फिल्मको रिलिज मिति पनि तय गरिएको छ । यो फिल्म आगामी वर्षको तिहारमा रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्