बुधबार रातिबाट पुनः बद्ली, शुक्रबार देशभर वर्षा र हिमपात हुने
काठमाडौं, १ माघ । अहिले आकाश खुलेको छ । घमाइलाको साथै रमाइलो पनि छ । चिसोको आभास पनि कम भएको छ । अब मौसम खुल्यो गर्मी बढ्छ भन्ने अनुमान गर्नु भएको छ भने त्यो विपरित हुन्छ किन कि बुधबार रातिबाट पुनः बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, शुक्रबारसम्मै देशभर बदली, वर्षा र हिमपात हुने सम्भावना छ ।
‘बुधबार राति देशको पश्चिम क्षेत्रबाट प्रवेश गर्ने पश्चिम न्यून चापीय प्रणाली केही सशक्त हुने देखिएको छ । त्यसले भोलि र पर्सि पहाडी भेगमा वर्षा तथा हिमाली भेगमा हिमपात हुनसक्छ,’ मौसमविद् पौडेलले भने । बुधबार साँझबाट पश्चिम न्यून चापीय प्रणाली नेपाल प्रवेश गर्न लागेकाले फेरि वर्षा र हिमपात हुन लागेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेल बताएका छन् । नयाँ मौसमी प्रणालीका कारण बिहीबार मध्य, पश्चिमी पहाडी र तराईका केहि स्थानमा भारी वर्षाको समेत सम्भावना छ । पूर्वी भागमा भने हल्का वर्षा र हिमपातको सम्भावना छ ।
यस प्रणालीको प्रभाव देशभर शुक्रबारसम्म नै रहने र शुक्रबारसमेत वर्षा र हिमपात हुने भएकाले सतर्क हुन मौसम पूर्वानुमान महाशाखाले सबैमा आग्रह गरेको छ । शनिबारबाट भने मौसम सुधारिने मौसमविदको प्रक्षेपण छ । ‘शनिबारबाट यो मौसमी प्रणाली कमजोर भएर बाहिरिने भएकाले मौसम सुधारिन्छ,’, मौसमविद् पौडेलले भने । मौसमविद् वरुण पौडेल मौसमी प्रणाली भित्रिने र बाहिरिने क्रम छिटो(छिटो भइरहेकाले घाम लाग्ने र पानी पर्ने शृंखला सँगसँगै चलिरहेको बताउँछन् ।
अघिल्ला वर्षहरूको हिउँदमा बढीमा ४र५ वटा मौसमी प्रणाली भित्रिने गरे पनि यस वर्ष छिटो(छिटो मौसमी प्रणाली फेरिएकाले वर्षा र हिमपात भइरहेको उनको भनाइ छ । नेपालमा भित्रिने मौसमी प्रणालीको स्रोत भूमध्य सागर हो । यहाँबाट बहने हावा सोझै नेपालतर्फ बहँदा त्यसको असरले नेपालमो छिटोछिटो मौसम परिवर्तन भएको बताउँछन मौसमविद पौडल ।











प्रतिक्रिया दिनुहोस्