यातायात व्यवसायी सर्वाेच्च महासंघको साधारण सभा माघ १३ मा

काठमाडौं । सार्वजनिक यातायात सेवा सञ्चालनमा स्वस्थ प्रतिस्पर्धा गर्दै आएको नेपाल राष्ट्रिय यातायात ब्यवसायी सर्वाेच्च महासंघको वार्षिक साधारण सभा यही माघ १३ गते हुने भएको छ ।
महासंघको २०७४/०८/०३ गते बसेको बैठकको निर्णय अनुसार सार्वजनिक यातायात सेवामा भएको सिन्डीकेटको प्रवृतिको अन्त्य र यातायात क्षेत्रको सबैखाले समस्या समाधानको लागि सम्बन्धित निकायलाई पहल गर्ने, सबै यातायात व्यवासायीलाई एकिकृत गरि छाता संगठनको रुपमा विकास गर्ने समेत निर्णय गरेको छ ।
सर्वाेच्च महासंघले सार्वजनिक यातायात सेवामा स्वस्थ प्रतिष्पर्धामा विश्वास गरेर कठित सिन्डीकेट प्रवृतिको विरुद्धमा अभियान चलाएको महासंघका अध्यक्ष विष्णु सिवाकाटीले बताए ।
उनले महासंघले सार्वजनिक यातायातमा सिन्डीकेट खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको बताउँदै अदालतले मिति २०६७ माघ १९ गते को फैसलाको आदेश अनुसार सार्वजनिक यातायात सेवामा भएको एकाधिकार कार्टेलिङ्ग र कथित सिन्डीकेट प्रवृतिलाई खारेज गर्ने, बस्तु तथा सेवामा एकाधिकार गर्न नपाउने फैसला भएको प्रष्ट पारे ।
यसलाई महासंघको वार्षिक साधारण सभाले सार्वजनिक सेवा तथा व्यवसाय गर्ने सबै व्यवसायीलाई सर्वोच्च महासंघले एकिकृत गरि लैजाने र यातायात व्यवसायीको तमाम समस्या समाधानका लागि सम्बन्धित निकायमा पहल गर्ने अध्यक्ष सिवाकाटीले बताए ।

प्रतिक्रिया दिनुहोस्