राष्ट्र बैंकले छाप्दै करिब ९१ अर्ब रुपैयाँको नयाँ नोट
काठमाडौं, पुस २९ । नोपल राष्ट्र बैंकले करिब ९१ अर्ब रुपैयाँको नयाँ नोट छाप्ने भएको छ । यसका लागि बैंकले ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नोट छाप्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
केन्द्रीय बैंकले ५, १० र ५०० रुपैयाँ दरका यी नोटहरु छाप्न लागेको हो । केन्द्रीय बैंकले ५ दरका ३० करोड थान, १० का ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छाप्न लागेको हो ।
यी नोटहरु छाप्नका लागि अन्तर्रा्ष्ट्रिय प्रतिष्पर्धीहरुबाट बोलपत्र आह्वान गरिएको छ । अन्तिम बोलपत्र पेश गर्ने मिति फागुन १६ गतेसम्म तोकिएको छ ।















प्रतिक्रिया दिनुहोस्