नेपालमा नवीकरणीय उर्जा क्षेत्रमा सहयोग गर्ने संयुक्त राष्ट्रसंघको प्रतिवद्धता

 

काठमाडौं, पुस २९ ।  संयुक्त राष्ट्रसंघले नेपालमा नवीकरणीय उर्जा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । राष्ट्रसंघले विकास, समृद्धिका साथै उर्जा क्षेत्रमा सहयोग गर्ने भएको हो ।

नविकरणीय अन्तर्रा्ष्ट्रिय उर्जा संघ (आइरिना) को विश्व भेलामा सहभागी हुन संयुक्त अरब इमिरेट्सको यूएई पुगेका उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनसँगको भेटमा राष्ट्रसंघीय उपमहासचिव अर्मिदा सल्सियाह एलिसजाहवानासँग सोमबार भएको भेटमा त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले नेपाल हेर्ने बैंककस्थित राष्ट्रसंघीय कार्यालयले नेपाललाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे । सो अवसरमा मन्त्री पुनले नीतिगत र व्यवहारिक रुपमा नेपालले राष्ट्रसंघका सबै गतिविधिमा सक्रियापूर्वक सहभागिता जनाइरहेको स्मरण गराए ।

नयाँ संविधान जारी भएपछि नेपाल संघीयताको अभ्यासमा रहेको जनाउँदै मन्त्री पुनले संघीयता कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको भेटमा सहभागी वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी दिर्नेशक मधुसूदन अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार मन्त्री पुनले अन्तर्रा्ष्ट्रिय लगानी नेपालको जलविद्युत क्षेत्रमा भित्र्याउन सहयोगका लागि आग्रह समेत गरे । भेटमा नेपालका लागि यूइएका राजदूत कृष्णप्रसाद ढकाल पनि सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्