उपसभामुख तुम्बाहाङ्फेको अडान कायमै, भन्छिन्- “सभामुखको टुङ्गो नलागेसम्म राजीनामा दिदैदिन्न”

काठमाण्डौ , पुस २९ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुखको टुङ्गो नलागेसम्म राजीनामा नदिने बताएकी छिन् । दलहरुले सभामुखको उम्मेद्वार तय गरेर घोषणा नगरेसम्म राजीनामा नदिने उनको अडान कायमै छ ।

तुम्बाहाम्फेले सञ्चारकर्मीहरुसँग कुरा गर्दै आफूले राजीनामा दिनु संविधानको व्यवस्था अनुसार गलत हुने बताईन् । संविधानले संघीय संसदको प्रतिनिधि सभा नेतृत्व विहीन हुने कल्पना नगरेकोले पनि आफूले राजीनामा दिन नहुने उनको भनाई थियो ।

राजनीतिक दलहरुले जति छिटो सभामुख पदका लागी उम्मेदवार तयार गर्छन त्यति नै बेला आफूले राजिनामा दिएर मार्ग प्रसस्त गर्ने उनले बताईन् । अहिले आफू कुनै राजनीतिक दलको सदस्य नभएकाले कुनै पनि दलको निर्देशन आफूमाथि लागू नहुने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्