भारी हिमपात: २५ जनाको मृत्यु, संकटकालको घोषणा

काठमाडौं, पुस २९ । भारी हिमपात र भीषण वर्षाले पाकिस्तानमा २५ जनाको मृत्यु ज्यान गएको छ । सबैभन्दा ठूलो राज्य बलुचिस्तानमा अत्याधिक हिमपात हुँदा १४ जनाको मृत्यु भएको छ । खराब मौसमका कारण सडक र हवाइमार्ग पनि प्रभावित भएका छन् ।

बलुचिस्तानमा कुनै पनि माध्यमबाट सम्पर्क हुन नसकेको अधिकारीहरले जनाएका छन् । क्वेटांमा निरन्तरको हिमपातले कच्ची घर भत्किएका छन् ।अस्पतालमा दर्जनौं घाइने भर्ना भएका छन् ।

पाकिस्तानमा २० बर्षयताकै भीषण हिमपात भएको हो ।मौसममा आएको खराबीसँगैको यो बिपत्तीका कारण पाकिस्तान सरकारले प्रभावित क्षेत्रमा संकटकालको घोषणा गरेको छ । बलुचिस्तानका सात जिल्लामा भीषण वर्षा र हिमपात भएपछि संकटकाल घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्