कामना सेवा विकास बैंक र ओम्नी मोटर्स बीच सम्झौता

काठमाडौं, २९ पुस । कामना सेवा विकास बैंक लिमिटेड र ओम्नी मोटर्स प्रा.लि. बीच व्यापार सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अनुसार ओम्नी मोटर्स प्रा. लि. मार्फत सिफारिस भई अएका ग्राहकहरूले बैंकका सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा भारत ब्रेन्ज ब्राण्डका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र ओम्नी मोटर्स प्रा. लि. को तर्फबाट निर्देशक उदयन काब्राले हस्ताक्षर गर्नुभएको थियो ।

बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्