सररर फागुनमा चल्ने भयो नेपाली रेल

काठमाडौं, पुस २७ । जनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा चलने भएको छ । यसका लागि सुरु गरिसक्ने योजना रेल विभागका अधिकारीहरूले बताएका छन्।

त्यसका लागि पहिलो रेल माघको दोस्रो सातासम्म आइपुग्ने र ३० देखि ३५ जना भारतीय प्राविधिक नियुक्त गर्ने कार्य योजना अघि बढाइएको विभागले बताएको छन्।

रेलचालक, सह(चालकदेखि अधिकांश प्राविधिकहरूमा भारतीय कर्मचारी रहने र व्यवस्थापकीय कर्मचारी भने नेपाली नै रहने रेल विभागको भनाइ छ।

रेल सञ्चालनमा नेपालको अनुभव कम रहेको र पछिल्ला वर्षहरूमा प्रविधि पनि परिष्कृत भएको हुँदा केही समयका लागि भारतीय प्राविधिक तथा चालक राखिने विभागका महानिर्देशक बलराम मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्