राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू

काठमाडौं ,पुस २७ । माघ ९ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबारबाट निर्वाचन आचारसंहिता लागु भएको छ ।

निर्वाचन आयोगले आइतबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम गर्नका लागि आयोगले जारी गरेको निर्वाचन आचार संहिता, मिति २०७६।९।२७ गते देखि लागु भएको जनाएको छ ।

साथै निर्वाचन आचार संहिताको पूर्ण रूपमा पालना गर्न गराउन आयोगले सम्पूर्ण निर्वाचन सरोकारवालाहरूमा निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्