अब नेपालले चीनका ७ बन्दरगाह प्रयोग गर्न सक्ने

काठमाडौं, पुस २७ । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएको छ। सम्झौता कार्यान्वयनमा आएसँगै नेपालले चीनका ७ बन्दरगाह प्रयोग गर्न सक्ने भएको छ।

सम्झौता कार्यान्वयनमा आएपछि नेपालले चीनका ४ सामुद्रिक र ३ सुख्खा बन्दरगाह प्रयोग गर्ने बाटो खुलेको हो। उद्योग वाणिज्य तथा आपूति मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले चीनसँगको पारवाहन सम्झौता कार्यान्वयनमा आएको र चीनका ७ बन्दरगाह नेपालले प्रयोग गर्न सक्ने जानकारी दिएका हुन्।

’चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी ४ सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्नसक्ने छ। त्यसैगरी ३ सुख्खा बन्दरगाह लन्झाउ, ल्हासा र सिगात्सेपनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ। यही जनवरी १ बाट पारवाहन सम्झौता कार्यान्वयनमा आएको सचिव अर्यालले बताए । चीनतर्फका ६ नाका प्रयोग गर्ने सहमति पनि भएको छ।

प्रतिक्रिया दिनुहोस्