राजीनामा दिन्न : उपसभामुख तुम्बाहाङ्फे, अडान कायमै

काठमाडौं, पुस २७ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा नदिने अडान लिएकी छिन् ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपाका महासचिव विष्णु पौडेलसहितलाई भेट गर्न आइतवार विहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेकी उपसभामुख तुम्बाहाङ्फेले आफूले पदबाट राजीनामा नदिने बताएकी हुन् ।

शनिवार बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेको राजीनामा माग गर्ने निर्णय गरेको थियो ।

सचिवालयले गरेको निर्णय पछि खबरहबसँगको कुराकानीमा उपसभामुख तुम्बाहाङ्फेले आफूले राजीनामा नदिने बताएकी थिइन् ।

पार्टीले निर्णय गरेपनि राजीनामा नदिने बताएसँगै उपसभामुख तुम्बाहाङ्फेलाई विहान बालुवाटार बोलाएर प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्डसहितका नेताले सम्झाएका हुन् ।

‘सभामुख चयनका लागि तपाईंले राजीनामा दिएर निकास निकाल्ने बातावण बनाउनु पर्‍यो’ भन्दै नेताहरुले आग्रह गरेको बालुवाटार निकट श्रोतले खबरहबलाई जानकारी दियो ।

तर, उपसभामुख तुम्बाहाङ्फेले भने आफूले राजनीनामा नदिने नेताहरुलाई जबाफ फर्काइन् ।

प्रतिक्रिया दिनुहोस्