दिलीप हत्या प्रकरण: जसले छात्तिमा रडले घोचेर घाइते बनाए अनि टिपरले किचेर मारे
काठमाडौं , पुस २७ । अवैध बालुवा गिट्टी उत्खनन अभियन्ता धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका दिलिपकुमार महतोको हत्या आरोपमा पक्राउ परेका ४ जना आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिनेमा चुरियामाई बालुवा गिट्टी प्रसोधन केन्द्रका सञ्चालक स्थानीय विपिनकुमार महतो, महोत्तरी बर्दिबास ९ का टिपर चालक मुनिन्द्र महतो, बर्दिबास २ का लोडर चालक जितेन्द्रकुमार महतो र स्थानीय मृतकका साथी रोशनकुमार यादव छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाले हिजो राति साढे ८ बजे पत्रकार सम्मेलनको आयोजना गरी हत्या आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेका हुन् ।
हत्या हुनुभन्दा अगाडी मृतक महतोलाई छात्तिमा रडले घोचेर घाइते बनाएपछि टिपरले किचेर मारेको पत्रकार सम्मेलनमा धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।
खोलामा बालुवा उत्खनन् भइरहेको झुटो खबर मृतकका साथी रोशन मार्फत दिएर उनलाई खोलामा बोलाएर हत्याएको समेत प्रहरीले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्