नेकपा सचिवालय बैठक बालुवाटारमा जारी , लाग्ला त सभामुखको टुंगो ?

काठमाडौँ, पुस २६ । सभामुख चयनबारे नेकपा सचिवालय बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सभामुख चयनको विषय अझै नटुंगिदा यसबारे छलफल गर्न बैठक बसिरहेको छ ।

बैठकले सभामुखका लागि नाम टुंगो लगाउने सम्भावना रहेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।आइतबारका लागि संसद बैठक बोलाइएको छ। यसअघि नै सभामुख चयन गर्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सभामुखका लागि आआफ्नै नाम अघि सारेका कारण नेकपाभित्र सभामुखको नाममा लामो समयदेखि अनिर्णीत रहँदै आएको छ। सभामुखमा विभन्न शिर्ष नेताको नाम भने चर्चामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्