नवीकरणीय ऊर्जालाई उद्यमशीलता र लगानीसँग जोड्नुपर्छस् मन्त्री विराजभक्त श्रेष्ठ
काठमाडौं, १८ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा आधारित सीमित कार्यक्रमबाट माथि उठाउँदै निजी क्षेत्रको लगानी, नवीन प्रविधि र स्थानीय उद्यमशीलतासँग जोड्नुपर्नेमा जोड दिएका छन्।
बुधबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पछिल्ला तीन दशकका उपलब्धिलाई मात्र पर्याप्त मान्न नसकिने बताए। उनले नवीकरणीय ऊर्जालाई अब उत्पादन, रोजगारी सिर्जना र समग्र आर्थिक समृद्धिको बलियो आधार बनाउनुपर्ने धारणा राखे।
जलवायु परिवर्तनको उच्च जोखिमलाई सम्बोधन गर्न केन्द्रीय ऊर्जा प्रणालीका साथै विकेन्द्रीकृत तथा वितरित नवीकरणीय ऊर्जा प्रणालीको विकास अपरिहार्य रहेको उनको भनाइ थियो।
सोही अवसरमा मन्त्री श्रेष्ठले सरकारले ुएलपी ग्यासमुक्त पालिकाुको अवधारणा अघि बढाउने तयारी गरिरहेको जानकारी दिए। यो अभियान केवल ऊर्जा कार्यक्रम मात्र नभई स्थानीय तहको आर्थिक विकास र ऊर्जा आत्मनिर्भरतातर्फको महत्त्वपूर्ण कदम भएको उनले स्पष्ट पारे।
प्रत्येक पालिकाको ऊर्जा सम्भाव्यता, माग र भविष्यको आवश्यकता अध्ययन गरी रणनीतिक योजना बनाउनुपर्ने उल्लेख गर्दै उनले यस अवधारणालाई व्यवहारमा उतार्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको भूमिका निर्णायक हुने बताए।






















प्रतिक्रिया दिनुहोस्