रक्षामन्त्री पोखरेलको चेतावनी- देशको सीमा मिच्न खोजे कडा प्रतिवाद गर्छो

काठमाडौं, पुस २६ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले देशको सीमा कसैले मिच्न खोजे त्यसको डटेर प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

नेपाली सेनाले शनिबार बुटवलमा आयोजना गरेको पुरस्कार बितरण कार्यक्रममा रक्षा मन्त्री पोखरेलले यस्तो चेतावनी दिएका हुन् ।

ऐतिहासिक तथ्य प्रमाणका आधारमा देशको सीमा रक्षा गर्न सम्पुर्ण नेपालीहरु एकताबद्ध रहेको उनले बताए। राष्ट्रिय एकताकाको अभियानका लागि बर्तमान सरकार व्यवस्थित योजनाका साथ अगाडि बढिरहेको उनको भनाइ थियो।

‘राष्ट्रियता स्वाभिमान, स्वतन्त्रता र अखण्डताको रक्षाका लागि सम्पुर्ण नेपालीहरुलाई एकताबद्ध गराएर अगाडि बढ्न चाहान्छौ’ रक्षा मन्त्री पोखरेलले भने। देशको स्वाभिमान र सीमा रक्षाका लागि जसरी बीर पुर्खाहरुले बलिदानी दिए त्यसैगरी राष्ट्र र राष्ट्रियताको रक्षाकालागि अहिले पनि हरेक नेपालीहरु एकताबद्ध रहेको मन्त्री पोखरेले बताए।

मुलुकको स्वाभिमान संसार सामु उचो राख्न म मेरो भन्ने भावना त्यागेर सबैले हामी भन्ने भावनाको विकास गर्नु पर्नेमा जोड दिए।

ऐतिहासिक गढी तथा किल्लाहरुको महत्वलाई उजागर गर्दै युवा पुस्तालाई राष्ट्र र राष्ट्रियता प्रति जिम्मेबार बनाउन यस्ता प्रतियोगीताले महत्वपूर्ण भूमिका खेल्ने भन्दै रक्षा मन्त्री पोखरेलले नेपाली सेनाको मध्यपश्चिम पृतनालाई धन्यबाद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्