वीरगञ्ज र जनकपुरमा मतगणना सुरू गर्ने तयारीमा

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका र धनुषाको जनकपुर उपमहानगरपालिकामा मतगणना सुरु गर्ने तयारी भइरहेको छ। वीरगञ्ज र जनकपुर दुवै ठाउँमा अहिले सर्वदलीय बैठक सुरु भएको छ। त्यस्तै बाराको कलैया र जितपुर सिमरा उपमहानगरपालिकामा पनि केहीबेरमा मतगणना सुरु गर्ने तयारी भैरहेको स्रोतले जानकारी दिइएको छ।

प्रदेश नम्बर दुईमा स्थानीय तहका लागि सोमबार मतदान भएको थियो। निर्वाचन आयोगका अनुसार सोमबार रातिबाटै ७० वटा स्थानीय तहको मतगणना कार्य जारी छ।

बाँकी ६० स्थानीय तहको मतगणना कार्य पनि सुरु गर्ने तयारी भइरहेको निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले जानकारी दिइएको छ।
वीरगञ्ज र जनकपुरमा सर्वदलीय बैठकपछि मतगणना स्थलमा बस्ने प्रतिनिधि टुङ्गो लागाइने छ भने त्यस लगत्तै मतगणना अगाडि बढाउने तयारी मुख्य निर्वाचन अधिकृतहरुले गरिरहेका छन्।

धनुषामा १८ स्थानीय तह मध्ये १० स्थानमा मतगणना सुरु भइसकेको छ भने पर्सामा पनि अधिकाशं स्थानमा मतगणना सुरु भएको छ। साथै प्रारम्भिक मतपरिणाम समेत आउन सुरु भइसकको छ।

प्रतिक्रिया दिनुहोस्