गोरखामा एनसेल टावरमा आगजनी

काठमाडौँ , पुस २६ ।गोरखामा एनसेल टावरमा आगजनी गरिएको छ । गोरखाको शहिद लखन गाउँपालिका–१ बक्राङमा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ ।

शुक्रबार राती एनसेल टावरमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले बताए ।

टावरमा आगजनी हुँदा तारलगायत सामान जलेर नष्ट भएको एसपी अधिकारीले बताए ।

घटनामा नेत्रविक्रम चन्द ‘विप्लव’ समूह संलग्न रहेको अनुमान गरेपनि पुष्टि हुनसकेको छैन् ।

एसपी अधिकारीका अनुसार टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्