धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगाना नियुक्त , अन्य मन्त्रिपरिषद् बैठकका १४ निर्णय यस्ता छन्

काठमाडौँ, पुस २४ । मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ।

त्यसैगरी सरकारले द्विपक्षीय विवाद समाधान गर्न अर्थ मन्त्रालयका सचिव (राजस्व)को संयोजकत्वमा आठ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

सँगै मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते भारतको राजधानी दिल्लीमा हुने नेपाल र भारतको पेट्रोलियम पदार्थ र ग्यासको विषयमा हुने संयुक्त बैठकमा उद्योग वार्णिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव ध्रुब घिमिरेको नेतृत्वको प्रतिनिधि मण्डललाई पठाउने निर्णय गरेको छ।

बैठकले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि बन प्रयोग गर्न स्वीकृतिलगायतका १४ निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्