पश्चिम एशियाको घटनाप्रति नेपालको गम्भीर चासो, संयमता अपनाउन आह्वान

काठमाडौँ , पुस २४ । सरकारले पश्चिम एशिया क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमलाई नजिकबाट नियालिरहेको र त्यसप्रति गहिरो चिन्ता र चासो व्यक्त गरेको छ ।

त्यहाँ रहेका आप्रवासी कामदारको सुरक्षा नेपालको अति महत्वको विषय भएको सरकारले बताएको छ ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी पश्चिम एशियाको शान्ति र स्थायित्वलाई जोखिममा पार्ने गरी तनाव बढेको भन्दै सम्बद्ध सबै पक्षलाई संयमता अपनाउन आह्वान गरेको छ ।

साथै सरकारले सबैखाले द्वन्द्व र मतभिन्नताको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्ने नेपालको मान्यता दोहो(याएको छ ।

केहि दिन देखि अमेरिका र इरानबीच तनाव बढेको छ । यसको असर खाडिमुलुक गएका नेपलीहरुलाई पनि पर्ने भन्दै चिन्ता पनि गरिएको छ ।यस वियामा आज सरकारले यस्तो आह्वाहन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्