इरान-अमेरिका तनावले नेपालमा तेल अभाव हुन्छ कि हुँदैन ? निगमले दियो यस्तो जवाफ

काठमाडौं , पुस २४ । मध्यपूर्वी मुलुकहरुमा देखिएको तनावले तत्कालै नेपाली बजारमा प्रभाव नपर्ने नेपाल आयल निगमले जनाएको छ ।

इराकस्थित अमेरिकी सैन्य आधार शिविरमा इरानले ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ ।

अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य बढ्दा नेपाली बजारमा पनि सामान्य रूपमा मूल्य बढ्ने भएपनि त्यसले आपूर्तिमा कुनै समस्या नआउने आयल निगमले स्पष्ट पारेको हो । अमेरिका–इरान तनाव एक दुई महिना लम्बिए पनि नेपालमा तेल आपूर्ति नहुने निगमको भनाइ छ ।

तर नेपाली मुद्रा अमेरिकी डलरसँग एक रुपैयाँ मात्र कमजोर हुँदा नेपाललाई मासिक १४ करोड रुपैयाँ घाटा पर्ने निगमले जनाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ भारतबाट तेल किन्ने गरेको छ ।

केही महिनाअघि साउदी तेलखानीमा आक्रमण हुँदा अन्तर्रा्ष्ट्रिय बजारमा छ रुपैयाँ प्रतिलिटर मूल्य बढेको भए पनि निगमले नेपाली बजारमा मूल्य बढाएको थिएन ।

नेपालाई सरकारको भारतीय तेल निगमले तेल उपलब्ध गराउदै आएको छ । पछिल्लो घटनाक्रमपछि पनि उसले आवश्यक पर्ने पेट्रोलियम पदार्थ उपलब्ध गराउने आश्वासन नेपाल आयल निगमलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्