रोजगारीका लागि खाडी पुगेका नेपालीको सुरक्षाका लागि उच्च सतर्कता

काठमाडौं, पुस २३ । यतिबेला अमेरिका र इरान युद्धमा होमिएका छन् । अमेरिकी हवाई सैन्य कारबाहीमा बिहीबार इरानी सैन्य कमान्डर सुलेमानीको मृत्यु भएको थियो । यसैकै तनावले यी दुई देशबीच खुल्ला युद्धको खतरा बढेको छ ।

हिजो मात्रै इरानले इराकस्थित दुई अमेरिकी हवाई–आधारमा मिसाइल आक्रमण गरेको छ । आक्रमण गरेपछि झनै मध्यपूर्व क्षेत्रको तनाव निकै तनावपूर्ण स्थितिमा पुगेको छ ।

यता यसकै विषयमा नेपालमा पनि खाडिमुलुक गएका नेपाली कामदारहरुको चिन्ता गर्न सुरु गरिएको छ । यस विषयमा सरकारले साचो देखाएको छ ।

सरकारले मुलुकहरु इरान तथा इराकमा रोजगारीका लागि पुगेका नेपालीहरुको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको जनाएको छ । परराष्ट्र मन्त्रालयले नेपाली कुटनीतिक नियोगहरुमार्फत नेपालीहरुको सुरक्षाका लागि उच्च सतर्कता अपनाएको जनाएको हो ।

चारदिनअघि परराष्ट्र मन्त्रालयमा परराष्ट्र मन्त्री, श्रममन्त्री, दुवै मन्त्रालयका सचिव तथा सम्बन्धित महाशाखा प्रमुखहरुको बैठक बसेर ती मूलुकहरुमा नेपालीहरुको सुरक्षाका सतर्कताका लागि सम्बन्धित देशमा रहेका नेपाली कुटनीतिक नियोगहरुलाई निर्देशन दिइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले जनाकारी दिए ।

‘पहिलो कुरा त्यहाँ घटनाक्रमहरु कसरी विकाश हुन्छन भनेर बुझेर नियमित रिपोर्टीङ्ग गर्ने, दोश्रो ति मूलुकमा रहेका नेपाली नागरिक सँग नियमति सम्पर्कमा रहने र नागरिकहरुलाई पनि दुतावाससँग नियमति सम्पर्कमा रहन भन्ने र तेश्रो जहाँ हुनुहुन्छ सुरक्षामा ध्यान दिने र कठीनाइ आइलागेमा दुतावासमा खबर गर्ने भनेर अनुरोध गर्ने विषयको निर्देशन भएको छ’, पौडेलले बताए ।

सरकारको निर्देशन पछि अहिले ति देशका कुटनीतिक नियोगहरु त्यहाँ रहेका नेपाली र नेपाल सरकारसँग नियमति रिपोर्टिङ्गमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । अहिलेसम्ममा भने त्यहाँ रहेका नेपालीहरुलाई कुनै कठीनाइ नभएको प्रवक्ता पौड्यालले बताए ।

प्रतिक्रिया दिनुहोस्