फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं, पुस २३ । दिनानुदिन बढ्दै जान थालेको सुनको भाउ बुधबार पनि अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
सुनचाँदी व्यावसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ। मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७५ हजार ५ सय रुपैयामा कारोबार भएको थियो।
सुनको मूल्यले नेपाली बजारमा गत शुक्रबारदेखि नयाँ किर्तिमान कायम गर्दै आइरहेको छ।
सुनसँगै चाँदीको मूल्य पनि बढ्दै गएको छ।
मंगलबार २० रुपैयाँ घटेर पुनः ९ सय पुगेको चाँदी बुधबार फेरि २० रुपैयाँ बढेको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। बुधबारका लागि नेपाली बजारमा चाँदी प्रतितोला ९ सय २० रुपैयाँ मूल्य तोकिएको छ।
प्रतिक्रिया दिनुहोस्