सिमीत वस्तुमा केन्द्रित भएर निर्यात बढाउने सपना नदेखौं: अर्थमन्त्री
काठमाडौं, पुस २३ । अर्थमन्त्री डा. युवराज खतिवडाले सिमीत वस्तुमा केन्द्रित भएर निर्यात बढाउने सपना देख्न नहुने बताएका छन् । नेपाल निर्यात परिषद्ले ‘चौथो निर्यात दिवस २०७६’ का अवसरमा आयोजीत कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री खतिवडाले एकरदुई वटा वस्तुको निर्यातमा भन्दा वस्तु विविधिकरण गरी निर्यात बढाउनुपर्नेमा जोड दिए । मन्त्री खतिवडाले नेपालको हस्तकला, कृषि उत्पादनको निर्यात गरेर केही अर्बमा मात्र व्यापार हुने बताउँदै खर्बौंमा निर्यात गर्ने सोच बनाउनुपर्ने बताए ।
यस्तै कार्यक्रममा नेपाल उद्योग वाणिव्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सरकारले निर्यातजन्य वस्तुमा सहयोग दिएको अवस्थामा पनि उत्पादन बढ्न नसक्नुको कारण खोज्नुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले निर्यात जन्य वस्तुको भुक्तानी लिन समस्या रहेको बताए ।
कार्यक्रममा कुनैपनि उद्योग मार्जिनबाटै चल्ने भएकाले बढी भ्यालु जोडिने वस्तुको उत्पदनमा जोड दिनुपर्ने र निर्यातलाई तिब्र रुपमा बढाउनुपर्नेमा जोड दिएको थियो ।















प्रतिक्रिया दिनुहोस्