गायक तेजेश रेग्मीको नयाँ गीत ‘आँखी गाजल’ सार्वजनिक (भिडियोसहति )

पार्वती पाठक, काठमाडौं, पुस २२ । गायक तेजेश रेग्मीको नयाँ गीत ‘आँखी गाजल’ सार्वजनिक भएको छ। गीतको स्वरमा रेगमीलाई चर्चित गायिका विष्णु माझीले साथ दिएकी छन् ।

पछिल्लो समय गायक रेग्मीका गितले निकै बजार तताएको छ । उनका हरेक गीतले चर्चा बटुल्दै दर्शकको मन जितेको छ । यो गीतले पनि चर्चा पाउनेमा आफु आशावादी रहेको बताएका छन् ।

गीतकार नवराज पन्तको शब्द रचना रहेको गीतमा रेग्मीकै संगीत रहेको रहेको छ भने योगेश काजीको संगीत संयोजन रहेक छ।

गीतमा मरिष्का पोखरेल, रक्षा श्रेष्ठ, नरेश खड्का र कविर खड्काको अभिनय छ। म्युजिक भिडियो निर्देशन शिव विकले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्