भूकम्पपछिको पुनर्निर्माणमा हालसम्म ८६ प्रतिशत प्रगति

काठमाडौं, पुस २२ । भूकम्पपछिको पुनर्निर्माणमा निजी आवासतर्फ ८६ प्रतिशत प्रगति भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा पुनर्निर्माणमा हालसम्म भएका प्रगतिको विवरण प्रस्तुत गर्दै प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ८० हजार ८९१ घरको निर्माण सम्पन्न भएको जानकारी दिएका छन् ।

भूकम्पपछि शुरु गरिएको पुनर्निर्माणको काम झण्डै पाँच प्रतिशतमात्र बाँकी रहेको छ । उक्त विद्यालय भवन आगामी माघ महीनामा हस्तान्तरण गर्ने योजना छ ।
गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरिएको उक्त विद्यालय पहिले जस्तै नै देखिन्छ ।

यही पुस महीनाभित्र काम सक्नेगरी निर्माणको काम भइरहेको छ । चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सनले काम गरिरहेको छ ।

रू.८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण शुरु गरिएको भवन चारतले हुनेछ भने ४० ओटा कक्षाकोठा हुने छन् ।

भूकम्पले भत्किएका ८ लाख १६ हजार ४७१ घर पुनर्निर्माण गर्नुपर्नेमा ७ लाख ८० हजार १६५ परिवारले अनुदान सम्झौता गरेको उनले बताए । ७ लाख ७० हजार २६१ भूकम्पपीडितले पहिलो किस्ताको रू.५० हजार बुझेका छन् ।

यस्तै विसं २०७२ माघ २ गते पुनर्निर्माणको शुरुआत गरेको रानीपोखरी आगामी वैशाख १२ गते नै सक्ने गरी काम भइरहेको छ । त्यस्तै काठमाडौंको रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय) को पुनर्निर्माण सकिन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्