एकाएक आकाशियो खाद्यान्नको भाउ , कति पुग्यो ?

काठमाण्डौँ , पुस २२ । पछिल्लो एक महिनाको बीचमा दैनिक उपभोग्य सामानको भाउ आकाशिएको छ । जसको प्रत्यक्ष प्रभाव सर्वसाधारणको मान्सामा परेको छ । एक महिनाको बीचमा दैनिक उपभोग्य वस्तुको भाउ प्रतिकेजीमै २ सय रुपैयाँसम्म महँगो भएको हो ।

नेपाल खुद्रा व्यापार संघका अनुसार, दाल, गेडागुडी, तेल, चामल, आँटा, चिनीलगायत मसलाजन्य वस्तुको मूल्य प्रतिकेजी ५ रुपैयाँदेखि २ सय रुपैयाँसम्म महँगो भएको छ । तर सरकारको नियमनकारी निकायको बजार अनुगमन औपचारिकतामै सिमित भएको छ ।चाडपर्वको बेला मात्रै अनुगमनमा निस्कने तर अघिपछि भने गुमनाम हुने प्रवृति त नेपालको रहेको नै छ । यसरी खाद्यान्नको मुल्य बढ्दा सर्वसाधारणलाई नै सास्ती हुने गर्दछ ।

चाडपर्वको बेला मात्रै अनुगमनमा निस्कने तर अघिपछि भने गुमनाम हुने प्रवृति त नेपालको रहेको नै छ । यसरी खाद्यान्नको मुल्य बढ्दा सर्वसाधारणलाई नै सास्ती हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्