यसकारण आन्दोलनरत छन् देशभरका नर्सहरु

काठमाडौं– एक सातादेखि आन्दोलनरत देशभरका नर्सहरुले आजपनि तीन घण्टा ड्युटी नगर्ने भएका छन् । ११ बुँदे मागराख्दै आन्दोलनरत देशभरका नर्सहरुले आफ्नो माग पुरा नभएको भन्दै हिजोदेखि दैनिक ३ घण्टा ड्युटी नगर्ने घोषणा गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन दिनसम्म विहान १० देखि १ बजेसम्म दैनिक ३ घण्टा ड्युटी नगर्ने जनाएका हुन् ।

तीनदिन भित्रपनि माग पूरा नभए ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा विहान ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र अझै माग पूरा नभए माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्