मालपोत कार्यालय विराटनगरद्वारा राजस्व ३६ करोड संकलन
काठमाडौं, पुस २० । मालपोत कार्यालय विराटनगरले ५ महीनामा ३६ करोड राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा कुल रू.३६ करोड ८ लाख ८५ हजार ९२८ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।
पूर्जा विक्रीबाट रू.१ लाख ४९ हजार ५५०, न्यायिक दस्तुरबापत रू. १ लाख ३१ हजार ४७० र अन्य राजस्व बापत रू.२ लाख २० हजार १३ राजस्व संकलन भएको छ ।
यसैगरी संकलित राजस्वमा घरजग्गा पास, बैंक दृष्टिबन्धक, हालैको बकस, शेषपछिको बकसलगायत जग्गा खरीदबिक्रीबाट रू.२५ करोड ४ लाख ९५ हजार ३३६, पूँजीगत लाभकरतर्फ रू. ११ करोड ७१ लाख ८९ हजार ५५९ रहेको छ ।















प्रतिक्रिया दिनुहोस्