न्याय परिषद्को सदस्यमा लक्ष्मीबहादुर निरालाको नाम अनुमोदन
काठमाडौं, पुस २० । संघीय संसदको संसदीय सुनुवाइ विशेष समितिले लक्ष्मीबहादुर ’निराला’ खड्कालाई न्याय परिषद् सदस्य पदमा अनुमोदन गरेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पालामा सरकारको कानुनी सल्लाहाकार रहेका वरिष्ठ अधिवक्ता निरालालाई समितिको आइतबार बसेको बैठकले न्याय परिषदको सदस्यमा अनुमोदन गरेको हो।
२०६२ पुस ११ गतेदेखि २०६३ वैशाख ५ गतेसम्म ४ महिना महान्यायाधिवक्ता भएका थिए। राजाले संसद पुनस्थापन हुने भन्दै जनताको नासो जनतालाई नै सुम्पेको घोषणा गरेका थिए। त्यसपछि उनले उक्त पदबाट राजिनामा दिएका थिए।
संसदीय सुनुवाइका क्रममा निरालाले ५४ वर्षको न्याय क्षेत्रको अनुभव आफूसँग भएको बताउँदै जीवनको उत्तरार्द्धमा भएकाले उक्त पदमा गएर चलखेल गर्नुपर्ने केही नभएको बताएका छन्। न्याय परिषद्मा आफ्नो जिम्मेवारी इमानदारीका साथ पूरा गर्ने बताए।
संसदीय सुनुवाइका क्रममा निरालाले आफू वि. सं २०२२ सालदेखि न्याय क्षेत्रमा कार्यरत रहेकाले नै सिफारिस भएको बताए।
प्रतिक्रिया दिनुहोस्