दिनमा पानी कति पिउने ? जानीराखौ

काठमाडौं । पानी मानिसको लागी नभई नहुने चिज हो । यदि संसारमा पानी नहुने हो भने मानिसहरु कसरी बाच्लान् ? यो सोच्न पनि सकिदैन । कुनै पनि व्यक्ति स्वस्थ रहनका लागी उसले दिनमा कम्तिमा पनि ३ देखि ४ लिटर सम्म पानी पिउनु पर्दछ । यदि शरीरमा पानीको मात्रा कम भयो भने पिसाब पोल्न थाल्दछ । साथै शरीर कमजोर पनि हुने गर्दछ ।

पानी कुनै रङ, स्वाद वा गन्ध नभएको बस्तु हो । त्ससैले पानीलाई स्वादहीन, गन्धहीन यौगिकको रुपमा लिईन्छ । सम्पूर्ण प्राणीहरुको जीवन धान्नको लागि पानी नभई हुँदैन। यो सर्वव्यापि घोलक हो । यसलाई विज्ञानमा यौगिकको रुपमा लिईन्छ ।

पानी पृथ्वीमा धेरै मात्रामा पाइन्छ । यो धेरै ठाउँ र धेरै आकारमा पाइन्छ, मुख्यतस् महासागर र ध्रुविय बरफ का रूपमा, अनि बादल, वर्षा, खोला र समुद्रमा । यस ग्रहमा पानी सँधै वाफ, झरी र खोलानाला भई समुद्र अनि फेरि बाफको चक्रमा बहिरहन्छ ।सबै प्राणीलाई पानी आवश्यक छ । मानिसहरू शरीरको आवश्यकताअनुसार पानी पिउँछन् ।

कति पिउने पानी ?
दिनमा यति पानी पिउने भनेर कुनै नियम छैन । मानिसको शारीरिक बनावटअनुसार पानीको आवश्यकता पर्छ । सामान्यतया प्यास लाग्दा पानी पिउने गरिन्छ । मानसिक थकान वा तनाव हुँदा पनि छिनछिनमा पानी पिउने गर्छन् । तर, यतिले मात्र शरीरमा पानीको मात्रा पुग्दैन । इन्स्टिच्युट अफ मेडिसिनले गरेको एक अध्ययनले युवा अवस्थामा पुरुषलाई प्रतिदिन तीन र महिलालाई दुई दशमलव दुई लिटर पानी पिउनुपर्ने बताएको छ ।

पिसाबबाट थाहा हुन्छ
आफ्नो शरीरमा पानी पुगेको छ वा छैन भन्नेबारे पिसाबबाट थाहा पाउन सकिन्छ । हलुका पहेँलो रङको पिसाबलाई सामान्य मानिन्छ । यदि पिसाब गाढा पहेँलो या सुनौलो रङको देखिएमा पानीको मात्रा नपुगेको बुझ्नुपर्छ । यस्तो वेला पर्याप्त मात्रामा पानी सेवन गर्नुपर्ने हुन्छ । कहिलेकाहीँ भने भिटामिन बी कम्प्लेक्सजस्ता औषधि सेवनको कारण पनि पिसाबको रङ परिवर्तन हुन सक्छ ।

हामीले व्यायाम गर्दा शरीर तात्छ । त्यतिवेला तुरुन्त पानी पिउनु भने राम्रो मानिदैन । यदि पिउनैपर्ने भएमा पनि दुई गिलासभन्दा बढी प्रयोग नगर्दा राम्रो हुन्छ ।

उपयुक्त समय
बिहान उठ्नेबित्तिकै एक या दुई गिलास पानी पिउनुलाई राम्रो मानिन्छ । त्यसपछि खाना खानुभन्दा करिब आधा घन्टाअघि पानी पिउनुपर्छ । खानासँगै पानी पिउनुलाई स्वस्थकर मानिदैन । बरु खाएको एक घन्टापछि पानी पिउँदा हुन्छ ।

पानी बढी भएमा
पानी बढी भयो भने पनि हानि गर्छ र कम भएमा पनि । बढी पानी पिउँदा हाइपोनट्रेमिया रोग लाग्ने सम्भावना हुन्छ । हाइपोनट्रेमिया रगतमा सोडियमको मात्रा कम भएर लाग्ने रोग हो । त्यसैले शरीरमा आवश्यकभन्दा बढी पानी हुँदा पिसाबका माध्यमबाट नुन बाहिर जान्छ र समस्या निम्तिन सक्छ । यसो हुँदा मिर्गौलामा पनि असर पर्छ ।

पानी खादाका फाइदाहरु :
१. बिहान उठ्नेबित्तिकै पानी पिउनु स्वास्थ्यका लागि उत्तम मानिन्छ ।

२. यसरी पानी पिउनाले यसले शरीरमा डिटाक्स बनाउँछ र मिर्गौलालाई स्वस्थ राख्ने काम गर्छ ।

३. धेरै मानिसको शारीरिक व्यायाम गरेपछि पानी पिउने बानी हुन्छ । तर, स्वास्थ्यका लागि भने व्यायाम गर्नुभन्दा १० मिनेटअगाडि पिउनु राम्रो मानिन्छ ।

४. यसले शरीरको शक्तिलाई कमजोर हुन दिँदैन ।

५. व्यायामपछि पिउने बानी भने पनि तत्काल पिउनु हुँदैन । शारीरिक व्यायाम गरेको २० मिनेटपछि पानी पिउने बानी गर्नुपर्दछ ।

६. यसो गर्दा शरीरलाई हाइड्रेट बनाइराख्छ ।

७. हामी चिया, कफी अत्यधिक मात्रामा सेवन गर्ने गर्दछौँ । तर, चिया वा कफी पिउनुअघि पानी पिउनु बढी हितकर हुन्छ ।

८. यस्तो बानीले शरीरमा एसिडिटीको समस्या हुन दिँदैन ।

९. धेरैलाई यसबारे थाहा नहुन सक्छ कि नुहाउनुअघि पनि पानी पिउन आवश्यक छ ।

१०. यसरी पिउने पानीले शरीरको रक्तचापलाई सन्तुलनमा राख्ने काम गर्दछ ।

११. धेरै नेपाली खानसँगै पानी पिउने गर्दछन् । तर, स्वास्थ्यका लागि भने यो त्यति धेरै स्वस्थकर मानिँदैन । खाना खानुभन्दा ३० मिनेटपछि मात्र पानी पिउनुपर्दछ ।

१२. यसो गर्दा पाचन प्रणाली चुस्त हुन्छ ।

१३. अपराह्नको खाजा खानुभन्दा पहिले पनि पानी पिउनु उपयुक्त हुन्छ ।

१४. यसरी पिएको पानीले खाजालाई हेभी बनाउन दिँदैन । र, पाचन प्रणालीमा समेत सुधार हुन्छ ।

१५. हामी आफूलाई थकान वा टेन्सन महसुस भएका वेला छटपटाइरहेका हुन्छौँ । के गर्ने थाहा हुँदैन । यतिवेला पिएको एक गिलास पानीले ठूलो काम गर्दछ ।

१६. यतिवेला पिएको पानीले मस्तिष्कमा रिल्याक्स गराउने काम गर्छ ।

१७. रातको समय सुत्नुअघि पिएको पानीले पनि स्वास्थ्यका लागि ठूलो अर्थ राख्छ ।

१८. यतिवेला पिएको पानीले स्ट्रोक र हर्टअट्याक हुनबाट बचाउने काम गर्छ ।

पानीसँग यी कुराहरू मिसाएर पिउने गर्नुस्
१. दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस् ।

२. अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस् ।

३. यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस् ।

४. तयार भएको काँढाको चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ ।

५. हरीतकी वा हरडको धूलो बिहानबेलुका महसँग लिने गर्नुस् ।

६. आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका खाने गर्नुस् ।

७. दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् ।

८. एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस् ।

९. दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् ।

१०. एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् ।

११ दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनुस् ।

प्रतिक्रिया दिनुहोस्