चलचित्र ‘साङलो’को ट्रेलर सार्वजनिक, विराजको एक्सनै एक्सन (भिडियोसहित)

पार्वती पाठक, काठमाडौं , पुस १८ । माघ २४ गते रिलिज हुने नेपाली कथानक चलचित्र ‘साङलो’को ट्रेलर रिलिज भएको छ । विराज भट्ट र निखिता चाण्डक मुख्य भूमिकामा रहेको चलचित्रको ट्रेलर आज काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर रिलिज गरिएको हो ।

सार्वजनिक ट्रेलरमा विराजको एक्सन देख्न सकिन्छ । विराज स्वयम्ले निर्देशन गरेको चलचित्रको कथा शिवम् अधिकारीले लेखेका हुन् ।

लामो समय भोजपुरी चलचित्रमा काम गरेका विराजको ‘साङलो’ कम ब्याक चलचित्र हो । यो चलचित्र हेर्नका लािग दर्शक निकै आत्तिएका छन् । उनका प्mयान निकै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्