राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो, सभामुखको बाँकी

काठमाडौं, १८ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरु टुंगो लगाएको छ, सभामुखको बाँकी छ । शुक्रबार बसेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १६ जनालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
प्रदेश १ मा महिलाबाट इन्द्र गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाल उम्मेदवार भएका छन् ।
प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान तथा प्रदेश ३ मा महिलामा गंगा बेलवासे र अन्यमा बेदुराम भुसाल छन् । गण्डकी प्रदेशमा अन्यबाट नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपाने उम्मेदवार छन् ।

यस्तै प्रदेश ५ मा महिलाबाट विमला घिमिरे र अपाङ्ग तथा अल्पसंख्यकबाट जगप्रसाद शर्मा अन्यबाट गोपाल भट्टराई, कर्णाली प्रदेशमा अन्यबाट मायाप्रसाद शर्मा, महिलाबाट सुमित्रा विसी र सुदूरपश्चिम प्रदेशमा अन्यबाट तारामान स्वांर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाउने सचिवालय निर्णय गरेको छ । राष्ट्रियसभा निर्वाचन आगामी माघ ९ गते हुँदै छ । आजको बैठकले पनि सभामुख पदको भने टुंगो लगाउन सकिएको छैन ।

प्रतिक्रिया दिनुहोस्