देशभर मौसम बदली, वर्षाको संभावना

काठमाडौं, १८ पुस । आज देशभर मौसम बदली हुनुकै साथ केही स्थानमा वर्षा र पहाडी तथा हिमाली क्षेमा हिमपात हुने संभावना छ । आज बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरको आकास बादलले ढाकेको छ । त्यसैले आज घाम लाग्ने सम्भावना कम छ ।

मौसम विभागका अनुसार आनुसार काठमाडौं उपत्यकासहित देशभर नै अहिले बदलीको अवस्था छ । आज पानी पर्ने, घाम लाग्ने सम्भावना छैन ।

शुक्रबार रातिसम्मै उच्च पहाडी तथा हिमाली भागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना छ । बिहिबार दिउँसोनै काठमाडौंमा पानी परेको थियो ।

यस्तो अवस्था शनिबार र आइतबार पनि जारी रहने पनि शनिबारबाट भने मौसममा क्रमिक सुधार हुने मौसम विभागले जनाएको छ ।

बिहीबार दिउँसो काठमाडौं उपत्यकामा सामान्य वर्षासमेत भएको थियो । वर्षासँगै चिसो बढेको महसुस भएको छ । चिसो अझै बढ्ने भएकाले सतकर्तता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।

१२ पुसमा काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम ०.६ डिग्री सेल्सियस मापन गरिएको थियो । यो वर्षकै कम तापक्रम हो ।

प्रतिक्रिया दिनुहोस्