चार इजिप्टयन नागरिकलाई देश निकाला गरिने, अन्य मन्त्रिपरिषद् बैठकका १४ निर्णय यस्ता छन्

काठमाडौँ , पुस १७ । मन्त्रिपरिषद्को पुस १४ गते बसेको बैठकले गरेका निर्णय आज सार्वजनिक गरिएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सिंहदरबारमा पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

गैरकानुनी रुपमा नेपालमा बस्दै आएका इजिप्टका ४ जना नागरिकलाई देशनिकाला गर्ने, राष्ट्रिय मानवअधिकार आयोगको सिफारिसमा १३ जना व्यक्ति तथा परिवारलाई आर्थिक सहायताबापत १२ लाख उपलब्ध गराउनेलगायतका १४ वटा निर्णय भएको छ ।


यस्तै १४ गतेको बैठककले ऋण असुली न्यायाधीकरणको रिक्त बैंकिङ सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । उनलाई ५ वर्षका लागि पुनः नियुक्त गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्