अब भाडादर टाँस्न र गाडी चालकलाई जुत्ता अनिवार्य, अन्य नियम यस्ता छन्

काठमाडौं , पुस १७ । पछिल्लो समय दुर्घटनाका घटना निकै बढेका छन् । मुख्य गरेर चालकको लापर्बाही र सडकको दयनीय अवस्थाका कारण हरेक वर्ष हजारौंको ज्यान जाने र घाइते हुने गरेको तथ्यांकले देखाउन गर्दछ । सवारी दुर्घटनाका घटना पछिल्लो समय भयाभाव अवस्थामा रहेका छन् । यसैबीच यातायात विभागले नयाँ योजना ल्याएको छ ।

पछिल्लो समय दुर्घटना बढेपछि यातायात विभाग त्यसप्रति गम्भीर भएको विभागका महानिर्देशक गोगन बहादुर हमालले बताएका छन् । उनको योजनामा अबदेखि सबै प्रकारका सार्वजनिक सवारीसाधनमा अनिर्वाय रुपमा भाडादर टाँस्नुपर्ने भएको छ। यसैगरी सबै प्रकारका सवारीसाधन चलाउँदा सवारी चालकले अनिवार्य रुपमा जुत्ता लगाउनै पर्ने भएको छ ।

यातायात व्यवस्था विभागले एक सुचना जारी गर्दै सवारीसाधनमा भाडादर टाँस्न निर्देशन दिएको छ। यात्रुहरुले भाडादर बारे जानकारी पाउन र नठगिउन् भन्दै यस्तो व्यवस्था गरिएको हो।
त्यसैगरी विभागले सवारीसाधनको चालकको फोटो सहितको सवारीचालक अनुमतीपत्रको विवरण टाँस गर्नुपर्ने, लामो दुरीका सवारीमा प्रयोग गर्ने प्रयोजनार्थ रिसोलिङ गरिएको टायर अगाडिको चक्कामा राख्न नपाईने, ढोकामा नै यात्रु क्षमता र सवारीमा मौजुदा यात्रुको सङख्या टाँस्न अनिवार्य गरेको छ।

सवारीमा लेखिएका सबै किसिमका स्लोगन वा कोटेशन मेटाउने, सवारीसाधनको क्याविनमा अनावश्यक सजावटका सामान एवम् म्युजिक सिस्टम नराख्ने नियम लगाएको छ।
अहिले तत्काल गर्न सकिने उपायहरु अपनाउन लागिएको बताउँदै हमालले दीर्घकालीन योजना बनाएर अघि बढिने बताए ।

विभागका महानिर्देशक हमालले सवारी दुर्घटना न्युनीकरण तत्कालका लागि अपनाईएका उपायहरु भएको जानकारी दिए। दुर्घटना न्युनिकरण गर्नका लागि पनि यि उपाए ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्