राष्ट्रिय पोशाक दिवस मनाइयो, संरक्षणमा जोड् (फोटोसहित )

काठमाडौँ , पुस १७ । आज राष्ट्रिय पोशाक दिवस ! ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण महाअभियान’ भन्ने नारासहित आज राष्ट्रिय पोशाक दिवस मनाइएको छ ।

तर पछिल्लो समय नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेको छ । स्वदेशी भन्दा विदेशी पोशाकमा बढि आर्कषक देखिएका छन् अहिलेका युवायुवतिहरु , आफ्नो पहिचान बोक्ने नेपाली पोशाक लोभ हुने अवस्थामा पुगेको भन्दै कतिपयले चिन्ता समेत व्यक्त गरेका छन् ।


यसैबीच राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपालले काठमाडौंको माइतीघरमा सद्भाव ¥याली निकाली दिवस मनाएको छ । महाअभियानका संयोजक राजानन्द माण्डब्यले नेपालको राष्ट्रिय पोशाक लोप हुने अवस्थमा पुगेकाले संरक्षणमा जुटनु परेको बताए । उनले यसको संरक्षण हुननसकेको उल्लेख गर्दै यस्तो बताएका हुन् ।

नेपालमा रहेका सम्पूर्ण जातजातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्यूचोली देशको साझा राष्ट्रिय पोशाक भएको उनले बताए ।

त्यस्तै सह–संयोजक श्याम बजगाईले राष्ट्रिय पोशाक दिवसको मुल लक्ष्य नेपालको औपचारिक पोशाकको रुपमा सरकारले घोषणा गरी सिंगो नेपालीहरुको पहिचान विश्वसामु पु¥याउनु रहेको बताए ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियानको पहलमा नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य सहित २०७० साल यता पुष १७ गतेका दिन राष्ट्रिय पोशाक दिवस मनाइँदै आएको छ ।

नोपली पोशाकले नेपालीहरुको पहिचान विश्वसामु पु¥याउने भएकाले यसको संरक्षका लागि सबै लाग्नु पर्नेमा सरोकारवालाले बताएका छन् ।

हरेक देशको आफ्नो राष्ट्रिय पोशाक हुनुपर्ने भन्दै सहभागीले राष्ट्रिय पहिचानलाई बलियो बनाउने पोशाक छनौट गर्नुपर्ने उनीहरुको माग थियो।

प्रतिक्रिया दिनुहोस्