राष्ट्र बैंकको प्रवक्तामा भट्ट तोकिए

काठमाडौं , पुस १७ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट तोकिएका छन् । नेपाल राष्ट्र बैंकले भट्टलाई पुस १६ गतेदेखि लागू हुने गरी प्रवक्ता तोकेको हो ।

उक्त बैंकका कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) समेत रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधी उपाधि हासिल गरेका छन् ।

यसअघि उनी अनुसन्धान विभागका कार्यकारी निर्देशक थिए । विसं २०५७ मा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका उनका विभिन्न अनुसन्धान लगायतका प्रतिवेदनहरु समेत विभिन्न सञ्चार माध्यममा प्रकाशित छन् ।

अर्थशास्त्रमा विद्यावारीधि गरेका मौद्रिक नीति तयार पार्ने अनुसन्धान विभागका प्रमुख समेत रहेका भट्टलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
राष्ट्र बैंकले यस अघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाको कार्यकाल सकिएपछि भट्टलाई नयाँ प्रवक्तामा नियुक्त गरेको हा े। निरौला यहि पुस ७ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गरी अवकाश बिदामा बसेका थिए ।
नेपाल राष्ट्र बैंकको प्रवक्ता एक जिम्मेवार पद हो । जसले राष्ट्र बंैकको हरेक सूचनालाई प्रवाह गर्ने भूमिका हुन्छ ।

प्रतिक्रिया दिनुहोस्