१२ घण्टाभित्र जिल्ला छाड्न एसपी मल्ललाई निर्देशन

काठमाडौं, पुस १७ ।सरुवा भएको १३ दिन सम्म पनि जिल्ला नछाडेपछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको छ । प्रदेश नं ३ प्रहरी कार्यालय हेटौँडाले उनलाई यस्तो निर्देशन दिएको हो ।

प्रहरी नायव उपरिक्षकलाई इन्चार्जको जिम्मेवारी सुम्पिएर एसपी मल्ललाई १२ घण्टाभित्र जिल्ला छोड्न निर्देशन दिएको हो ।

प्रदेश प्रहरी कार्यालयले बुधबार दिएको निर्देशनमा भनिएको छ ‘एसपी दानबहादुर मल्ललाई हालसम्म पनि सरुवा भएको दरबन्दीमा रवाना गरेको जानकारी यस कार्यालयमा प्राप्त हुन आएकाले त्यहाँ कार्यरत डिएसपीलाई कार्यालयको सम्पूर्ण चार्ज बुझाइ १२ घण्टाभित्र तोकिएको दरबन्दीमा रवाना गरी सोको जानकारी तालुक कार्यालय तथा यस कार्यालय समेतमा दिन निर्देशन गरिन्छ ।’

गत पुस ४ गते २४ जना एसपीको सरुवा भएको थियो । जसमा एसपी मल्ललाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सरुवा गरिएको थियो । यस्तै एसपी मल्लको ठाउँमा एसपी गंगा पन्तलाई पठाइएको थियो । चितवनमा एसपी मल्ल रहदा उनी धेरै विवादमा आएका थिए ।

प्रतिक्रिया दिनुहोस्