उखु किसानको आन्दोलनप्रति सरकार मौन रहेको भन्दै सांसदहरुद्वारा विरोध
काठमाडौं, पुस १६ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरुले उखु किसानको आन्दोलन सम्बोधन गर्न सरकार गम्भीर नभएको जनाएका छन् ।
राष्ट्रियसभाको बुधबार बसेको बैठकमा कांग्रेस सांसदहरुले यस्तो जनाएका हुन् ।सांसद प्रकाश पन्थ र अनिता देवकोटाले उखु किसानको आन्दोलनप्रति सरकार मौन रहेको भन्दै विरोध गरे ।
उनीहरुले उखु किसानका समस्या तत्काल समाधान नगरे आन्दोलनमा कांग्रेस पनि सहभागी हुने चेतावनी दिएका छन् ।
यसैबीच उखु किसानहरुले आफ्नो परिश्रमको मुल्य नपाएसम्म यहाँबाट नजाने अडान लिएका छन् । उनीहरुले आफुहरुले बगाएको पसिनाको मुल्य दिलाउनु पर्ने बताएका छन् ।
काठमाडौंको शुन्यडिग्रीको चिसोमा उनीहरु धर्ना दिन बाध्य छन् ।उनीहरुको आन्दोलन प्रति सरकार त्यति चासो नदिएको उनीहरुले गुनासो गरेका छन् । मिलसञ्चालकहरुले उखुको नाफा नदिएर बसेका छन् ।
प्रतिक्रिया दिनुहोस्