सोलुखुम्बुको होटल गुडलकमा आगलागी

काठमाडौं, १३ कार्तिक। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ दिङ्बोचेस्थित एक होटलमा आगलागी भएको छ ।

दिङ्बोचेस्थित होटल गुडलकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख तथा डीएसपी नवीनराजा बुढाथोकीले जानकारी दिए ।

प्रारम्भिक जानकारी अनुसार ग्यास पल्टिएर आगलागी भएको खबर आएको उनले बताए ।

आगलागीबाट कुनै मानवीय क्षति भएको छैन । आगो निभाउने प्रयास भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्