भ्रमण वर्ष २०२० को दशरथ रंगशालामा उद्घाटन

काठमाडौं, पुस १६ । ‘भिजिट नेपाल २०२०’ भ्रमण वर्ष बुधबारदेखि सुरू हुँदैछ। सो भ्रमण वर्षको उद्घाटन काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरू हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन कार्यक्रममा सहभागी हुन रंगशाला पुगिसकेकी छन्। साथै उपप्रधानमन्त्री तथा ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, विशिष्ट मन्त्रीहरू तथा नेताहरू सहभागी छन्।

कार्यक्रममा जनसहभागिता समेत रहेको छ। कार्यक्रममा विदेशी पाहुना आउने क्रम जारी छ।

‘भिजिट नेपाल २०२०’ को उद्घाटन कार्यक्रम पौने ५ घण्टासम्म हुनेछ। उद्घाटन कार्यक्रम नेपालको संस्कृति झल्कने नाचगानबाट सुरू हुँदैछ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भिजिट नेपाल २०२०को उद्घाटन गर्ने्छिन् भने त्यसलगत्तै भ्रमण वर्षका लागि राष्ट्रिय गीत समेत सार्वजनिक गर्ने्छिन्।

प्रतिक्रिया दिनुहोस्