नेपाली चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं , पुस १६ । माघ १७ गते प्रदर्शनमा आउने नेपाली कथानक चलचित्र ‘दि कर्मा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक भएको ट्रेलर एक्सनले भरिएको छ । ट्रेलरमा करण वर्मा, परमिता आरएल राणा, नीता ढुंगाना, बुद्धि तामाङलाई देख्न सकिन्छ ।

कथा सस्पेन्स राखिएको ट्रेलरमा परमिता र बुद्धिलाई नेगेटिभ भूमिकामा देखाइएको छ भने नीता र करणलाई जोडीका रूपमा प्रस्तुत गरिएको छ । चलचित्रलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । ‘दि कर्मा’ को कथा निर्माता जयराज रायले लेखेका हुन् ।

रायसँगै श्रीदेव बीएल र निशा खतिवडा निर्माता रहेको यस चलचित्रको शारदा खड्का अर्याल सह निर्माता हुन् । चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

चलचित्रमा करण, नीता, परमिता, बुद्धिसँगै अनुप सक्सेना, संगीता नापित लगायतका कलाकारको अभिनय रहेको छ । ‘दि कर्मा’ को पटकथा तथा संवाद सुशील पोखरेलको हो । यसअघि रिलिज भएको टिजरले ओभरसिजबाट डिमान्ड आइसकेको र ट्रेलरले त्यसलाई थप मद्दत गर्ने निमार्ण टिमको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्