बर्दियामा ट्रक दुर्घटना : तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौं, पुस १६ । बर्दियामा ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका–२ मा ट्रक पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।

दुर्घटनामा दुई महिला र एक पुरुषको ज्यान गएको बर्दियाका प्रहरी उपरीक्षक (एसपी) राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार दुर्घटनाका मृतकमध्ये मिनबहादुर शाहीको मात्र पहिचान खुलेको छ ।

दुर्घटनामा घाइते भएका ट्रक चालक दाङ घोराही उपमहानगरपालिका(११ बस्ने २८ वर्षीय कर्ण बहादुर चौधरीको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भैरहवाबाट धनगढीतर्फ गइरहेको लु २ ख १०६८ नम्बरको ट्रक बुधबार बिहान करिब ५ बजे दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस्