मोटो भएर हैरान हुनुहुन्छ ? अब जाडोमा तौल घटाउन खानुस यी ५ खानेकुरा

काठमाडौं । सामान्यतया मानिसहरु मोटाउन चाहन्छन् । जो दुब्लो छन्, उनीहरुलाई मोटाउने रहर उत्तिकै हुन्छ तर कसै कसैलाई भने शरीर भद्दा भएर साह्रै गाह्रो भइरहेको हुन्छ ।धेरै तौल भएका मानिसहरुमा निराशा रहेको हुन्छ । त्यसैले उनीहरुले डाइटिङ (खाना नियन्त्रण)को लागि धेरै उपायहरु अपनाउने गर्छन् ।

जाडो मौसममा तौल बढ्ने सम्भावना धेरै हुन्छ । जाडोको समयमा पाचन प्रक्रिया तन्दुरुस्त हुने हुँदा छिट्टै भोक लाग्छ । जसले गर्दा मानिसहरु धेरै खाने गर्छन् । र, चिसोको कारण व्यायाम नगर्ने र धेरै सुत्ने गर्छन् ।

त्यसले गर्दा शरीरको तौल एक्कासी बढ्ने गर्छ । तर धेरैलाई थाहा नभएको पनि हुन्छ, अत्यधिक मोटोले सताइरहेको मानिसले यी ६ चिज खाँदा पनि शरीरको तौल घट्छ ।

चिसो मौसममा शरीरको तौल धेरै बढ्ने भएकाले कस्ता खानेकुरा खाँदा तौल सन्तुलन राख्न सकिन्छ भन्ने कुरामा ध्यान दिनु पर्छ ।जसमा गाजर, चुकन्दर, दालचिनी, मेथी, अम्बा जस्ता फलफूलले शरीरको तौल सन्तुलन गरिरहन मद्दत गर्ने विज्ञहरु बताउँछन् ।

गाजर
गाजरमा धेरै मात्रामा भिटामिन, फाइबर, क्यारोटिन, एन्टिअक्सिडेन्ट जस्ता तत्वहरु पाइन्छ । जसले पेटसम्बन्धी समस्याहरुबाट छुटकारा दिलाउँछ । साथै, यसले आँखाको देख्ने क्षमता पनि बढाउँछ । यसको सेवनले मधुमेह र रक्तचापजस्ता रोगहरु नियन्त्रण गर्छ र क्यालोरीको मात्रा कम गरी अनावश्यक तौल बढ्न दिँदैन ।

चुकन्दर
यसमा क्याल्सियम, मिनरल्स, म्याग्नेसियम, आइरन, पोटासियम, आयोडिन, भिटामिन जस्ता तत्वहरु पाइन्छन् । फ्याट र क्यालोरीको मात्रा कम हुने भएकाले तौल घटाउन यसले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

दालचिनी
प्रायः भान्सामा मसलाको रुपमा प्रयोगमा आउने दालचिनीमा थुप्रै औषधिय गुणहरु हुन्छन् । यसमा पाइने एन्टीअक्सिटेन्ट गुणले केही रोगहरुबाट समेत बचाउँछ । एक चम्चा दालचिनीको पाउडर, एक चम्चा मह र एक चम्चा कागतीको रस तातो पानीमा उमालेर पिउँदा तौल सन्तुलनमा आउँछ ।

मेथी
चिसोमा आफ्नो शरीरमा अनावश्यक फ्याटको मात्रा कम गराउँन मेथीको प्रयोग लाभदायी सावित हुनेछ । यसले रगतमा मधुमेहको मात्रा कम गर्न र इन्सुलिनको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । यसले शरीरमा मेटाबोलिज्म प्रक्रिया तन्दुरुस्त राख्न सहयोग गर्छ ।

अम्बा
अम्बा खाँदा पेटसँग सम्बन्धित सम्पूर्ण रोगहरु निको हुन्छ । यसमो प्रोटिन, फाइबर, भिटामिन जस्ता तत्वहरु पाइन्छन् । जसले पाचन प्रक्रिया ठिक राख्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्