आजदेखि नयाँ वर्ष सुरु, सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस्ः प्रधानमन्त्री ओली

काठमाडौं, १६ पुस । आजबाट अंग्रेजी वर्ष (इस्वी संवत) को नयाँ वर्ष सन् २०२० शुरु भएको छ । विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष खुसशियालीकासाथ नयाँ वर्ष मनाइरहेका छन् ।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत प्रचलनमा ल्याएका हुन् ।

सन् २०१९ को विदाई र नयाँ वर्ष सन् २०२० को स्वागतमा विश्वभर बिभिन्न कार्यक्रमहरु आयोजना गरि मनाईरहेका छन् । यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । नयाँ वर्षमा इसाई धर्मावलम्बीहरुले यशुको सम्झना गर्दै अंगुरको रस र रोटी खाने प्रचलन छ ।

इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, मनोन्जनात्मक कार्यक्रमहरु भइरहेका छन् । नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायतका स्थानहरुमा स्थानीय लगात पर्यटकहरु झुमिरहेको छन् । ती स्थानका होटलहरु भरिभराउ छन् ।

विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् ।
सन २०२० को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी तथा दाजुभाइका लागि सुख, शान्ति, समृद्धि, प्रगति र आरोग्यको वर्ष बनोस् भन्ने कामना गरेका छन् । उनले नयाँ वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाएर लाखौं पर्यटकलाई नेपालमा स्वागत गरिने शुभकामनामा उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्