जनप्रभात मा.वि.को व्यवस्थापन समितिको अध्यक्षमा डङ्गोल

काठमाडौं, १५ पुस । जनप्रभात माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा शिक्षाबिद एवं समाजसेवी राम शरण डङ्गोल निर्वाचित भएका छन् ।
का.म.न.पा.१३ कालिमाटी स्थित जनप्रभात माध्यमिक विद्यालयको आज सम्पन्न भएको अभिभावक भेलाबाट स्थानीय शिक्षाबिद समाजसेवी अधिवक्ता राम शरण डङ्गोल बिद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा निर्बाचित भएका हुन् ।
विद्यालय निरीक्षक मोती खनालको संयोजकत्वमा सम्पन्न भेलामा १३ वडा सदस्य रामबाबु कोइरालाले नबगठित समितिको कार्यकाल सफलताको कामना व्यक्त गरे ।
सो अबसरमा नबनिर्बाचित व्यवस्थापक अध्यक्ष राम शरण डङ्गोलले विद्यालयको उन्नती र प्रगतिको लागि आफु सधैं लागि पर्ने बताउदै आफुलाई निर्बाचित गर्नु भएकोमा आभार व्यक्त गर्नु भएको थियो । त्यस्तै समितिको अन्य सदस्यहरुमा अम्बिका रोक्का, आर्जनी श्रेष्ठ सदस्य चयन हुनु भएको थियो ।
प्रदेश नं. ३ का सभामुख सानु श्रेष्ठ, नेता जीवनराम श्रेष्ठ लगायतले यसै माविबाट स्कुल स्तरीय शिक्षा लिएको थिए ।

प्रतिक्रिया दिनुहोस्