उखुको भुक्तानी नदिने चिनी मिल सञ्चालकलाई पक्राउ गर्न गृहको निर्देशन

काठमाडौं, पुस १५ । अहिले उखु किसानहरु चिनी मिलबाट भुक्तानी नपाएको भन्दै विरोध प्रदर्शनका लागि काठमाडौं उत्रिएका छन् ।

लामो समयसम्म उखु किसानको बक्यौता नतिर्ने महालक्ष्मी सुगर मिल र अन्नपूर्ण सुगर मिलका सञ्चालकको खोजी उद्योग मन्त्रालयको जिम्मा लगाइदिन भनिएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

हाल काठमाडौंमा आन्दोलनरत किसानहरुले महालक्ष्मी सुगर मिलले २१ करोड र अन्नपूर्ण सुगर मिलले ५० करोड रुपैयाँ नतिरेको बताउँदै आएका छन् ।

यसैबीच गृह मन्त्रालयले किसानलाई उखुको भुक्तानी नदिने चिनी मिल सञ्चालक (उद्योगी)हरुको खोजी गर्न नेपाल प्रहरीलाई पत्राचार गरेको छ ।

गृहको पत्रमा लामो समयसम्म किसानको उखुको भुक्तानी नदिएका चिनी मिलका सञ्चालकलाई खोजी गरी उद्योग वाणिज्य तथा उद्योग मन्त्रालयको जिम्मा लगाउन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्