सुडानमा २९ प्रहरीलाई मृत्युदण्ड
काठमाडौं, पुस १५ । सुडानमा २९ प्रहरीलाई मृत्युदण्ड दिइने भएको छ । सुडानमा एक शिक्षकलाई चरम यातना दिएर मारिएको आरोपमा २९ जनामाथि मृत्युदण्डको फैसला भएको हो । गत फेब्रुअरीमा चरम यातनाका कारण प्रहरी हिरासतमै ३६ वर्षिय शिक्षक अहमद अल खैरको मृत्यु भएको थियो ।
सोही घटनामा दोषि पाइएका प्रहरीलाई सुडानस्थित एक अदालतले मृत्युदण्डको सजाय सुनाएको हो । अभियुक्त तर्फका एक वकिलले फैसलाविरुद्ध अपिल गर्ने बताएका छन ।
मृत्यु भएका शिक्षक राष्ट्रपति ओमार अल बसिर विरुद्धको आन्दोलनमा सहभागी भएका बेला पक्राउ परेका थिए ।
सरकार विरोधी आन्दोलनका क्रममा सुडकमा एक १ सय ७० भन्दा बढीको मृत्यु भएको थियो । प्रदर्शन चर्कदै गएपछि अल–बाशिरले अप्रिलमा सत्ता छोडेका थिए ।
प्रतिक्रिया दिनुहोस्